Mon May 16 2022
मुख्य खबर

घरको छतबाट खसेर महिलाको मृत्यु

भक्तपुर – आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका – ८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकोमा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए ।