Mon May 16 2022
अन्तर्राष्ट्रिय

रुसले विश्वयुद्धले सिकाएको सबै पाठ बिर्सियोः जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले दोस्रो विश्वयुद्धले सिकाएको सबै पाठ बिर्सिएको आरोप लगाएका छन् ।

सोमबार भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् । यसअघि रुसका विदेशमन्त्री सर्गेई लाभरोभले एडोल्फ हिटलरमा पनि यहुदीको रगत रहेको बताएका थिए । साथै धेरैजसो यहुदीविरोधीहरु यहुदी नै हुने गरेको बताएका थिए ।

यस किसिमको अभिव्यक्ति दिनुले पनि रुसले दोस्रो विश्वयुद्धको सबै पाठ बिर्सिएको देखिएको जेलेन्स्कीले बताएका हुन् । जेलेन्स्कीले रुसले दोस्रो विश्वयुद्धले के सिकायो भन्ने कुराको अध्ययनसम्म पनि नगरेको बताएका हुन् ।