Tue May 17 2022
प्रदेश ५

बाढीले बगाउँदा एक किशोरीको मृत्यु

प्रतिकात्मक तस्वीर

दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ ।

बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।