जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो

लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र थापा प्युठान प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट विजयी भएका सांसद हुन ।

लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । दुई मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ । नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् । वैशाख १४ गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गरेका थिए । यो तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका