जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल पुस ९ गते सोमबारको राशिफल

आज २०८० साल पुस ९ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः अचानक धन आर्जन हुनेछ। आएको धनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवार सुख प्राप्त हुनेछ।

वृषः दिन राम्रो छ। यो अनुकुल समय हो। दिउँसो सुत्नुभयो भने ठुलो घाटा हुनेछ। दिउँसो निन्द्रा लागेमा राम्रो काम गर्न नसकिए घुमेर भए पनि निन्द्रा भगाउनु राम्रो हुनेछ।

मिथुनः गुरुको आर्शिवाद लिएर गरेको काम सफल हुनेछ। आज परेवा र गाईलाई दाना खुवाउनु सकेमा प्रगतिको ढोका खुल्नेछ। सबै क्षेत्रमा परिवारको साथ आवश्यक हुन्छ। कुनै पनि काम एक्लै गर्नखोज्नु बुद्धिमानी हुँदैन।

कर्कटः गलत आरोप लगाउन साथी सक्रिय छन्। सचेत भएर काम गर्नुपर्ने दिन छ। शनिको छायाले कामममा अवरोध भए पनि परिवारको साथ मिल्नेछ। शिवको दर्शन गर्नाले सोचेको काम पुरा हुनेछ।

सिंहः दिन राम्रो छ। निजी प्रभावले सबै मित्रको साथ मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आज पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने देखिन्छ।

कन्याः जीवन यात्रा सफल हुनेछ। हरेक क्षेत्र सबल छन्। अनुयायीको साथ पाइने छ। हारेर पनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ। धन कमाउने योग भएकाले उद्योग गर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुलाः गुरु रिसाए पनि विवेक प्रयोग गरेर काम सफल गर्नुपर्ने हुन्छ। फरक विचार राख्नेसँग सचेत हुनुपर्ने देखिन्छ। अचानक सहयोग प्राप्त हुनेछ। खुट्टा तान्ने सक्रिय भएकाले परिवारबाटै जोगिनु उपयुक्त हुन्छ।

वृश्चिकः दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनुः दिन सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु स्खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकरः वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। परिवारको साथले मनमा उत्साह थपिने छ।

कुम्भः दिन सामान्य छ। हरेक क्षेत्रमा विरोधको सामना गर्नुपर्ने छ। लग्नबाट ३, ६ र ११ औं स्थानमा शनिदेव भए उन्नति र प्रगति हुनसक्छ। तपाईंले पिपलको दर्शन गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीनः दिन राम्रो छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका