Thu May 19 2022
खेलकुद

बर्नमाउथ पुनः प्रिमियर लिगमा बढुवा

बर्नमाउथ पुनः प्रिमियर लिगमा बढुवा भएको छ ।२३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको हो । च्याम्पियनसिपको खेलमा नोटम फरेष्टलाई १–० ले हराउदै उसले शिर्ष डिभिजनको यात्रा तय गरेको हो । बर्नमाउथको जितमा एक मात्र गोल सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका किफेर मोरीले गरेका थिए ।

उनले खेलको ८३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रशिक्षक स्कट पार्लरले पछिल्लो ३ सिजनमा दोस्रो टिमलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भए । यसअघि फुलहामलाई २०१९ मा बढुवा गराउन सफल भएका थिए । तर सो टोली प्रिमियर लिगमा लामो समय टिक्न सकेन । च्याम्पियनसिपबाट यो सिजनमा फेरि फुलहाम पनि बढुवा भएको छ ।

लिगको शीर्ष स्थानमा रहेको फुलहाम र बर्नमाउथ प्रिमियर लिगमा बढुवा भएका हुन । लिगमा फुलहामको ९० र बर्नमाउथको ८५ अंक रहेको छ ।