Sat May 21 2022
अन्तर्राष्ट्रिय

रुसले युक्रेनको दुईवटा पूर्वी क्षेत्र हडप्ने योजना बनाइरहेको अमेरिकी दावी

रुसले युक्रेनको दुईवटा पूर्वी क्षेत्र हडप्ने योजना बनाइरहेको अमेरिकाले दावी गरेको छ । युरोपमा सुरक्षा र सहयोग संगठनका लागि अमेरिकी रजदुत माइकल कारपेन्टरले रुसले डोनेट्स्क जन गणतन्त्र र लुगान्स्क जन गणतन्त्रलाई आफैंमा मर्ज गर्ने प्रयास गरिरहेको बताएका हुन । साथै रुसले यसबारे मे १५ मा जनमत संग्रह गर्ने योजना पनि बनाएको अमेरिकी दावी छ ।

माइकलका अनुसार रुसले युक्रेनको तेस्रो क्षेत्र खेरसनका लागि पनि यस्तै योजना बनाएको अमेरिकी आशंका रहेको छ । रुसले हालैका दिनहरुमा खेरसनमा आफ्नो पकड बलियो बनाएको र त्यहाँका मानिसहरूलाई रुबल मुद्रा अपनाउन बाध्य पारेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । सन २०१४ मा रुसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफुमा मिलाउने घोषण गरेको थियो ।

तर, वरपरका रुसी भाषा बोल्ने क्षेत्रमा भने त्यसो गरेको थिएन । माइकलले यस्तो जनमत संग्रह र झुटो कुरालाई अमेरिकाले वैध नमान्ने बताएका छन ।