Thu May 19 2022
समाचार

पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नं.१ मा कांग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो ।घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार तथा निवर्तमान गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । एमालेबाट अध्यक्षको उम्मेदवार चेतबहादुर राना रहनु भएको छ ।