जोडिनुहोस
  • होमपेज
  • मोरङ जिल्ला कारागारमा कैदीको मृत्यु

मोरङ जिल्ला कारागारमा कैदीको मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार विहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो ।

दुई दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजाय तोकेको थियो ।

अदालतले उनका लागि तोकेको कैद सजाय आजै सकिँदै थियो । सजाय सकिने दिन नै उनको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका