Sat May 21 2022
Breaking News

शुक्रबारसम्ममा निर्वाचन आयोगले मत्रपत्र ढुवानीको काम सक्ने

निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाले प्रदेश १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको जनाएको छ ।

हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।

निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन ।