जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मङ्गलवार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उहाँले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका