जोडिनुहोस
  • होमपेज
  • बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । ११ पुस बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ८ पुसमा १० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएको थियो ।

त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप संकलन उपकरण मार्फत ६० अर्ब तरलता खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो । ६ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा ४५ अर्बको प्रस्ताव आएको थियो । उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम २ दशमलव ९४ प्रतिशत र न्यूनतमा २ दशमलव २५ प्रतिशत प्रस्ताव गर्दा औसत २ दशमलव ७६३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालु आर्थिक वर्षमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका