जोडिनुहोस
  • होमपेज
  • मृतक आरती साहका श्रीमान् मोतीबाबु जनकपुरबाट पक्राउ

मृतक आरती साहका श्रीमान् मोतीबाबु जनकपुरबाट पक्राउ

सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका मृतक आरती साहका श्रीमान् मोतीबाबु साह जनकपुरबाट पक्राउ परेका छन् । साहलाई जनकपुरको सीता चोकमा रहेको होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक एसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

नेपाल र भारतमा लुकेर प्रहरीलाई झुक्याउँदै आएका मोतीबाबुलाई आज सोमवार विशेष सूचनाका आधारमा पक्राउ गरिएको एसपी शर्माले बताउनुभयो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालतको आदेश आएपछि तोकिएकै कारागार पठाइने प्रहरीले जनाएको छ ।

गएको जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहको शङ्कास्पद मृत्यु भएको थियो । आरतीका श्रीमान् र आफन्तले आत्महत्या भएको दाबी गरेका थिए । प्रहरीले आरतीका माइती पक्षले दिएको जाहेरीसमेत लिन मानेको थिएन । तर उनीहरू न्याय माग्दै काठमाण्डौ आएपछि जिल्ला अदालतमा आरतीका श्रीमान् र घरका सदस्यविरुद्ध मुद्दा दर्ता भयो । धनुषा जिल्ला अदालतले उनका पति मोतीबाबु र ससुरा मदनमोहन साहलाई पुर्पक्षका लागि कारागार पठाइदिए पनि उच्च अदालतले उनीहरूलाई कारागारमुक्त गरिदिएको थियो । त्यसपछि आरतीका माइती पक्षले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएपछि सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै कारागार चलान गर्न आदेश दिएको थियो । मृतक आरतीका माइती पक्षले अहिले पनि काठमाण्डौमै बसेर न्यायको माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका