Mon May 16 2022
खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सलले सनराइजर्स हैदराबादको सामना गर्दै

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुने भएको छ । लिग अन्तरगत आज बेलुका पौने ८ बजे हुने खेलमा दिल्ली क्यापिटल्सलले सनराइजर्स हैदराबादको सामना गर्ने छ । ९ खेल खेलेको हैदराबाद ५ मा जित र ४ मा हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेल खेलेको दिल्ली ४ मा जित र ५ मा हार बेहोर्दै अंक तालिकाको सातौ स्थानमा रहेको छ । आज दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रने तयारि गरेका छन् ।

यसअघि गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । पुनेमा बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको हो । बैंगलोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

जितसँगै बैंगलोरले ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।