Fri May 20 2022
समाचार

मतदान केन्द्रमा खोप केन्द्र राखिने, बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह

सरकारले यही वैशाख ३० गते हुने पालिका निर्वाचनमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्रले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।

प्रवक्ता मिश्रले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो ।

उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको जानकारी दिनुभयो ।