जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो

सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई हराएको छ । आज सोमवार भएको खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो । बाग्मतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जोशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्य र सोनी पाख्रिनले समान १ विकेट लिइन् । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि कञ्चन श्रेष्ठले १९ र हेलिशा गुरुङले १६ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जोशीले समान २ विकेट लिइन् । यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । ४ खेलमा ४ अङ्क भएको बाग्मती चौथो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका