Tue May 17 2022
मुख्य खबर

धनुषामा उम्मेदवारको परिवारमाथि खुकुरी प्रहार

जनकपुरधाम – धनुषाको कमला नगरपालिका–१ मा आसन्न स्थानीय तह निर्वाचनका एक उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट कमला–१ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

माग्राहस्थित घरमा वडाध्यक्षका उम्मेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिर बरण्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।