काठमाडौँः प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सीमावर्ती क्षेत्र प्रतापपुरमा मोटरसाइकलमा राखेर ल्याइएको लागुऔषध सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।
भारतको गोरखपुर रेजियाका २० वर्षे भोलु चौहान र १९ वर्षे राकेश सहानीले युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको लागुऔषध प्रहरीले बैदौलीमा चेक जाँच गर्ने क्रममा फेला पारेको हो ।
उनीहरुले एक सय ७५ एम्पुल डाइजापाम, एक सय ७५ एम्पुल फेनारगन र एक सय ७५ एम्पुल नुफिन बोकेर ल्याएका थिए । प्रहरीले लागुऔषध, मोटरसाइकल र दुबै जना भारतीयलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।