Thu May 26 2022
आर्थिक

सेयर बजारमा ३७ अंकको गिरावट, सबै समूहको परिसूचक घट्यो

साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।

पछिल्लो एक साता देखि निरन्तर रुपमा गिरावट आएको नेप्से १३७.५२ अंकले घटेको छ । आज नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् । कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य बढेको छ ।