Thu May 19 2022
मुख्य खबर

बालेन शाहको विषयमा दिएको अभिव्यक्तिमा केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितले काठमाडौँ महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौँको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।