Sat May 21 2022
खेलकुद

पहिलो एकदिवसीय क्रिकेट–आज नेपाल र जिम्बावे ए खेल्दै

नेपालले आज पहिलो एकदिवसीय क्रिकेट अन्तर्गत जिम्बावे ए विरुद्ध खेल्दैछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल बिहान साढे नौ बजे सुरु हुनेछ ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । जिम्बावे पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।

यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेलिरहेको हो।