Mon May 23 2022
खेलकुद

आईपीएलमा हैदरावादलाई दिल्लीले हरायो

डेभिड वार्नरको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।मुम्बईमा गएराति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको हो । दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाउन सक्यो ।

हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एडिन मार्रक्रमले ४२ रन जोड्दा राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो।

दिल्लीका लागि डेभिड वार्नरले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ खेले । रोभम्यान पावेलले ६७ रनको अर्धशतकीय इनिङ खेल्दा ऋषव पन्तले २६ रन बनाएका थिए । जितसँगै पाँचौं स्थानमा उक्लिएको दिल्लीले १० खेलमा १० अंक जोडेको छ ।हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।