Mon May 16 2022
समाचार

देशैभर ६ दिन विद्यालय बन्द हुने

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

यस्तै ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ।

जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ। चिर्वाचनका लागि र सार्वजनिक विदा गरि देशभरका विद्यालय ६ दिन बन्द हुने भएका छन ।