Sat May 21 2022
मुख्य खबर

सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ ।

आयोगले गरेको पत्राचारमा वैशाख २७ गते मङ्गलबार मध्य रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भएर हित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको हो ।

आयोगको आग्रह बमोजिम सरकारले निर्णय गरे नेपाल–भारत र नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहने छ ।

आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

त्यसै गरी आयोगले मतदान हुने दिन वैशाख ३० गते देशभरि आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारको यातायातका साधनसमेत बन्द गर्न आग्रह गरेको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।