Fri May 27 2022
मुख्य खबर

कोक्रोमा नानी, घरदैलोमा उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट मुड्के चुला गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सविता रोकाया कोक्रोमा दूधे बालक बोकेर घरदैलोमा छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमाले बाटै गाउँपालिका उपाध्यक्षमा विजयी भएकी थिइन् ।

दोस्रो कार्यकालका लागि रोकाया चुनावी मैदानमा छिन् ।

उम्मेदवार रोकायाले भनिन्, ‘पहिलो पटक निर्वाचित हुँदा धेरै जसो समय सिकाइ र अनुभवमा बितेकाले बाँकी रहेका अधुरा काम गर्न पुनः उपाध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।’

गोरखापत्र दैनिकमा खबर छ ।