स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन अयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनका लागि छापिएका सबै मतपत्र सबै जिल्लामा पुग्ने भएको हो । आयोगका अनुसार आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी भैसक्ने छ ।
आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका रहेका । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु रहेका छन ।
देशभरका ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।