Sun May 22 2022
मुख्य खबर

वैशाख ३० गते आन्तरिक हवाई उडान बन्द हुने

काठमाडौँ– आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन आन्तरिक तर्फको हवाई उडान नहुने भएको छ ।

निर्वाचनको दिन सार्वजनिक यातायातसमेत बन्द हुने भएकाले हवाई उडान पनि बन्द हुने भएको हो । उक्त दिन अन्तर्राष्ट्रिय हवाई उडान भने सञ्चालन हुनेछ ।

बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी ३० वैशाखमा उडान नहुने जानकारी गराएको छ । यस्तै अर्को हवाई सेवा प्रदायक कम्पनी यति एयरलाइन्सले पनि उक्त दिन कम्पनीका कुनै पनि उडान नहुने जनाएको छ ।

निर्वाचनको दिन अनुमति पत्र लिएकाबाहेक अन्य सवारी साधन चलाउन प्रशासनले रोक लगाएको छ ।