Sat May 21 2022
मुख्य खबर

रक्सी चुरोट बन्द गर्छु, जिम खोल्छु, एनजिओलाई निषेध गर्छुः स्थापित

अमृत ढकाल- काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका केशव स्थापितले आफ्ना योजना सुनाएका छन् ।

आज काठमाडौंमा एक कार्यक्रममौ स्थापितले आफू मेयर भएपछि गर्ने कामहरुको योजना सुनाएका हुन् । उनले आफू मेयर भएपछि काठमाडौं महानगरपालिकाको सम्पदा, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास निर्माणका काममा आमूल परिवर्तन गर्ने योजना रहेको सुनाए ।

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिको प्रमुखमा उम्मेद्वारी दिएका केशव स्थिापितले आफ्ना योजना सुनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा स्थापितले आफू मेयर भएपछि काठमाडौं महानगरपालिकाको सम्पदा, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वधार विकास निमार्णका काममा आमूल परिवर्तन गर्ने योजना सुनाएका हुन् ।

उनले आफूले गर्ने हरेक काममा विज्ञलाई साथमा लिएर मात्र गर्ने बताए ।

स्थापीतले आफू काठमाडौं महानगरको प्रमुखमा विजय भएपछि महानगरपालीका भित्रका विद्ययालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने दाबी गरे । अहिले महानगरपालिका भित्र सरकारी स्तरबाट सञ्चालन भएका विद्ययालयहरु विद्ययालय नै नभएको बताएका उनले आफू मेयर भएपछि सबै विद्ययालयको गुणस्तर बढाउने योजना रहेको बताए ।

यस्तै काठमाडौं महानगर भित्र स्वास्थ्यको गुणस्तर बढाउन आफूसँग थुप्रै स्वास्थ्यका प्याकेज भएको समेत उनले दाबी गरे ।

मेयरका उम्मेद्वार स्थापितले आफूले पुरुष र महिलाको भेद खतम गरिदिने बताएका छन् । नेपालमा केहि एनजिओले महिला र पुरुषको बीचमा भेद सिर्जना गर्न खोजेको आरोप लगाएका स्थापीतले त्यस्ता एनजिओलाई निषेध गुर्नुपर्ने धारणा सार्वजनिक गरे ।

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका स्थापितले काठमाडौं भित्रका सभ्यताको संरक्षण गर्ने प्रतिबद्धता जायर गरेका छन् ।