Thu May 19 2022
मुख्य खबर

गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुको विकल्प छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको दावी गर्नु भएको छ ।

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे मुलुक र जनताले पछुताउनुपर्ने अवस्था आउने जिकीर समेत गर्नु भयो ।

सत्तारुढ गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको चुनावी सभामा उहाँले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताउनु भयो ।

अध्यक्ष नेपालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलकासाथ मुलुकको विकास गर्ने उद्देश्यका साथ सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्नु परेको तर्क गर्नु भयो ।