जोडिनुहोस
  • होमपेज
  • शुरु भयो नेपाल ल्हासा सिधा हवाई उडान

शुरु भयो नेपाल ल्हासा सिधा हवाई उडान

नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाण्डौबाट ल्हासा नियमित उडान शुरु गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गर्नुभयो। उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताउनुभयो । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङपछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो । यसअघि कोरोना महामारीले रोकिएको काठमाण्डौ–ल्हासा सिधा उडानलाई खुला गर्न नेपालले चिनियाँ पक्षसँग माग गरेको थियो । गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका