Wed May 18 2022
मुख्य खबर

संविधान बचाउन गठबन्धन गरिएको हो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका छन्।

तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै भने, ‘हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ’, मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने धारणा राखे।