जोडिनुहोस
  • होमपेज
  • बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका(२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले सकेट फेला पारेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय पारिरहेको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका