जोडिनुहोस
  • होमपेज
  • कर्णालीमाथि बागमती १० विकेटले विजयी

कर्णालीमाथि बागमती १० विकेटले विजयी

जारी प्रधानमन्त्री कप महिला टी(२० प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।बिहीबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । कर्णालीले दिएको केवल ४३ रनको लक्ष्य पछाएको बागमतीले ४ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि कर्णालीले पहिला ब्याटिङ गर्दै १३ दशमलव ४ ओभरमा अल आउट हुँदै केवल ४२ रन बनाएको थियो । यो जितपछि बागमती प्रदेशको प्लेअफको सम्भावना बलियो बनेको छ । बागमतीको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेशले भने लगातार छैटौँ खेलमा हार बेहोरेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका