जोडिनुहोस
  • होमपेज
  • प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक नभएको कुलमानले स्वीकारे

प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक नभएको कुलमानले स्वीकारे

नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट टीओडी मिटरको तथ्यांक अहिले उपलब्ध नभएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वीकार गरेका छन् । अहिले टीओडी मिटरको विषय नउचाल्न समेत उनले आग्रह गरे । २०७० सालको प्रतिवेदनले नै उद्योगहरुमा विद्युत् खपत भएको स्पष्ट पार्ने भन्दै उनले जुन चिजको डाटा छैन, त्यसको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘२०७० सालको रिपोर्टले स्पष्ट भनेको छ, २४ घण्टा विद्युत् वितरण भएको छ, लोडसेडिङको समयमा डेढ सय मेगावाट उद्योगले खपत गरेका छन्, जुन कुरा छैन भन्ने कुरा आयो, त्यसकै पछि लाग्ने काम नगरौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका