जोडिनुहोस
  • होमपेज
  • सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि फैसला हुन सक्ने

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि फैसला हुन सक्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि उनको मुद्दामा आज पनि फैसला हुन नसकेको हो । जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा आज लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस भोलिलाई सारेका हुन् । भोलि लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन् । दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन् । न्यायाधीश ढकालले भोलि नै पनि फैसला सुनाउन सक्ने बताइएको छ ।
ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका