जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने

भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने

 

भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् । भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले उनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा पनि सहभागी हुनेछन् । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका