जोडिनुहोस
  • होमपेज
  • पाटन उच्च अदालतको आदेश वाईवाईको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री नगर्नू

पाटन उच्च अदालतको आदेश वाईवाईको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री नगर्नू

उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउमाथि विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाईजस्तै देखिने र्यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पारेको आरोप लागेको थियो । यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजीको आरोप छ । अदालतको यस आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा बिक्री वितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका