Wed May 18 2022
खेलकुद

म्यान्चेष्टर सिटीले न्यूक्यासललाई ५–० गोल अन्तरले हरायो

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा न्यूक्यासलमाथि सानदार जित हासिल गरेको छ । सिटीले घरेलु मैदानमा न्युक्यासललाई ५–० ले हराउँदा रहिम स्टर्लिङले २ गोल गरेका थिए । जितका साथ लिभरपुललाई पछि पार्दै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । अन्तिम ३ खेल बाँकी रहँदा सिटीले लिभरपुललाई ३ अंकले पछि पारेको छ ।

स्टर्लिङले १९ औं मिनेटमा हेड गोलमार्फत सिटीलाई अग्रता दिलाएका थिए । एमरिक लापोर्टेले ३८ औं मिनेटमा नजिकबाट गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे । ६१ औं मिनेटमा केभिन डे ब्रुएनेको कर्नरमा राड्रीले हेडमार्फत गोल गर्दा सिटी ३–० ले अघि बढेको थियो । ३५ खेलबाट सिटीको ८६ अंक र दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ ।

लगातारको हारपछि ४३ अंकका साथ न्यूक्यासल १३ औं स्थानमा छ । आइतबारका अन्य खेलमा आर्सनलले लिड्स युनाइटेड र एभर्टनले लेस्टर सिटीलाई समान २–१ ले तथा वेस्ट ह्याम युनाइटेडले नर्विच सिटीलाई ४–० ले हराएको थियो ।

आर्सलन ६६ अंकका साथ चौथो स्थानमा थप मजबुत बनेको छ । आर्सनलको तेस्रो स्थानको चेल्सीको भन्दा १ अंक कम र पाँचौं स्थानको टोटनहमको भन्दा ४ अंक बढी छ ।