Thu May 26 2022
आर्थिक

बढ्यो सुनको मुल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।