जोडिनुहोस
  • होमपेज
  • सडकबाट खसेर युवकको मृत्यु

सडकबाट खसेर युवकको मृत्यु

दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी–तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा३क ४१९८ नं को स्काभेटरमा सहयोगीका रुपमा काम गर्दै आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन् । सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । उनी सडकबाट पाँच सय मिटर तल खसेका थिए । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको टोली घटनास्थलमा पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका