Fri May 20 2022
मुख्य खबर

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षीय मान बहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।