Tue May 17 2022
मुख्य खबर

यसपालिको मनसुन : अधिकांश ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना

यस बर्षको मनसुन अवधिमा देशका अघिकाँश स्थानमा सरदरभन्दा बढि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकाँश स्थानमा सरदर भन्दा बढि बर्षा हुने सम्भावना रहेको छ ।

आगामी मनसुन सिजनमा प्रदेश न. १ को उत्तरी भेग, मदेश प्रदेशको अधिकाँश भु–भाग र बागमति प्रदेशको दक्षिणी भु–भागमा सरदर बर्षा हुने सम्भाबना ३५ प्रतिशतदेखि ४० प्रतिशत रहेको छ ।

अन्य बाँकी भु–भागहरुमा सरदर भन्दा बढि बर्षा हुने सम्भाबना ३५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । अधिकतम तापक्रम देशको उतरी भु–भाग र मधेश प्रदेशको धेरै भु–भागमा सरदर बर्षा हुने सम्भाबना ३५प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।

अन्य स्थानहरुमा सरदर भन्दा कम रहने सम्भाबना ३५प्रतिशत देखि ६५ प्रतिशत रहेको छ । त्यसैगरी न्युनतम तापक्रम देशका उतरी भु–भागमा सरदर भन्दा बढि हुने सम्भाबना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ । यस्तै मनसुनको बेला न्युन चापिय रेखा निर्माण भएको हुन्छ । न्युन चापिय रेखा भारतको भु–भाग हुदै नेपालको नजिक आउने क्रममा नेपालमा मनसुन बढि सक्रिय भएको विभागले जनाएको छ ।

प्रदेश १ को उतरी भु–भाग र मदेशको अधिकाँश भु–भाग र बागमति प्रदेशको दक्षिणाी भु–भागमा सरदर बर्षा हुने र बाँकी भु–भागमा सरदर भन्दा धेरै वर्ष हुने सम्भाबना रहेको छ ।

यसबर्ष धेरै बर्षा हुने भएकाले वर्षाबाट मुलुकका अधिकांश क्षेत्रमा क्षति हुन सक्ने मौषमविदहरुले बताएका छन । वर्षाबाट हुने त्यस्ता क्षतिलाई रोक्न समयमै सावधानी अपनाउनुुपर्ने उनीहरुले बताएका छन ।