Mon May 16 2022
मुख्य खबर

गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर भएको स्थापितको दाबी

अमृत ढकाल- काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार केशव स्थापितले गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर भएको बताएका छन ।

स्थापितले पाँच दलिय सत्ता गठबन्धनका उम्मेद्वार आफू भन्दा कमजोर भएको टिप्पणी गरेका हुन । स्थापितले स्थानीय सरकार भने पनि अझै शक्ति सञ्चालनको अधिकार हस्तान्तरण हुन नसक्दा सेवा बिस्तार हुन नसकेको बताएका छन ।

आफुले मेयरमा जितेपछि महानगरको राजश्व अहिलेको भन्दा १० गुणा बढी उठाएर जनताको काम गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

मेयरका उम्मेदवार स्थापितले काठमाडौं महानगरपालिकाभित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको एकै पटक जग हालेर काम शुरु गर्ने बताएका छन । उनले काठमाडौं वरिपरि रहेका केही स्थानमा पार्कहरु बनाएर त्यसलाई ६ महिनाभित्रमा सम्पन्न गर्ने र त्यहाँ युवाहरुले जीवनको कथा लेख्न सक्ने वातावरण सिर्जना गर्ने बताएका छन ।

उम्मेदवार स्थापितले अहिले पनि २ सय ५० भन्दा बढी सरकारी खाली जग्गामा पर्खाल लगाएर राखेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताएका छन । उनले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा समेत गरेका छन । त्यस्ता काम गर्दा सरकारी निकायबाट अवरोध आए अदालतबाट न्याय खोजेर भएपनि काम गर्ने उनले प्रतिवद्धता जनाएको छ ।

मेयरका उम्मेदवार स्थापितले महानगरले उठाउन बाँकी ४८ अर्ब राजश्व रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको र त्यस्ता रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन ।