अमृत ढकाल – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गरेका छन ।
प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकासलगायतका सबै विषयमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्ने कुनै आधार नरहेको बताएका हुन ।
प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकासलगायतका सबै विषयमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्ने कुनै आधार नरहेको जिकिर गरेका हुन ।
एमाले अध्यक्ष ओलीले आफूले चाहे एक हप्तामा गठबन्धन भत्काइदिन्छु भन्ने अभिव्यक्तिलाई उद्धृत गर्दै प्रवक्ता महतले ओलीले चाहँदैमा गठबन्धन नफुट्ने बताएका छन । ओलीको चाहना गठबन्धन फुटोस भन्ने भए पनि त्यो सम्भव भएको प्रवक्ता महतको भनाई छ ।
प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाएका छन ।
उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताएका छन ।