नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एमालेको रस चुसेर प्रधानमन्त्री समेत भएका माधब कुमार नेपालले एमालेलाई सिध्याउने धम्की दिएको बताएकाछन् ।
सोमबार एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा एमालेमै बर्षौसम्म बसेर रस चुसेर प्रधानमन्त्री समेत भएका एक जनाले एमालेलाई सिध्याउने धम्की दिएको बताएकाछन् ।
यस्तै, अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा गएर आफ्नो छोरीले निर्वाचनमा हारे देश दुर्घटनामा पर्ने भन्दै जनतालाई धम्काएको आरोप लगाए। उनले माओवादी अध्यक्ष दाहालमा पारिवारिक मोह र स्वार्थ मात्र रहेको आरोप लगाए ।