Mon May 23 2022
मुख्य खबर

एमाले गठबन्धन गर्न ढुकेर बसेको छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्।

नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका हुन् । नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उनको आरोप छ ।

नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा तीन वटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरे। थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउँदै जसलाई जहाँ भेटिन्छ त्यहाँ गठबन्धन गरेको आरोप लगाए।

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन्।