Sat May 21 2022
अन्तर्राष्ट्रिय

श्रीलंका सरकारविरुद्ध प्रदर्शन चर्कदै

श्रीलंका सरकारविरुद्ध प्रदर्शनकाबीच प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले राष्ट्रपति गोटाबाया राजपक्षेसमक्ष आफ्नो राजीनामा पेश गरेका हुन् । देशमा आर्थिक संकट देखिएपछि उग्र भएको प्रदर्शनले राष्ट्रपति गोटाबाया र उनको मन्त्रीमण्डलका मन्त्रीहरुलाई राजीनामा दिन निरन्तर दवाब दिइरहेका छन । श्रीलंका सरकारले हालै देशमा संकटकाल लागू गरेको थियो ।

स्थानीय सञ्चार माध्यमको विवरणमा राष्ट्रपति भवनमा भएको बैठकमा उपस्थित महिन्दाले राजीनामा दिन गोटाबायाले गरेको आग्रह स्वीकार गरेको भनिएको छ । सरकार विरोधी र समर्थक बीच कोलम्बोमा हिंसात्मक झडप हुँदा कयौ व्यक्ति घाइते भएका छन् । स्थितिलाई काबुमा लिन सेना परिचालन गरिनुका साथै उत्तरी, दक्षिणी र मध्य कोलंबोमा अनिश्चितकालीन कर्फयू लगाइएको छ ।