Fri May 20 2022
खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज लखनउ सुपर जाइण्ट्सले गुजरात टाइटन्सको सामना गर्ने

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुने भएको छ । पुनेमा आज राति पौने ८ बजे हुने खेलमा लखनउ सुपर जाइण्ट्सले गुजरात टाइटन्सको सामना गर्ने छ । यसपटकको आइपिएलमा दुवै नबप्रबेशि टिमले राम्रो प्रर्दशन गरिरहेका छन् ।

११ खेल खेलेको लखनउले ८ मा जित र ३ मा हार बेहोर्दै अंक तालिकाको शिर्ष स्थानमा रहदा सामना खेल खेलेको गुजरात समान जित र समान हार बेहोरेपानी रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । आजै दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रदै छन् । यसैबीच गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ ।

कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो । कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । जितसँगै कोलकत्ताले १२ खेल १० अंक जोडेको छ । कोलकत्ता सातौं स्थान रहेको छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।