Mon May 16 2022
मुख्य खबर

निर्वाचनका लागि थपिए बस

स्थानीय तहको निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेपछि बस थप गरिएको छ ।

यातायात व्यवसायीले पालो नपरेका बस पनि सञ्चालन गरेका छन् ।

दैनिक ४५० वटा बस गोँगबु नयाँ बसपार्कबाट बाहिरिँदै आएकोमा हाल दैनिक ६५० वटा बस बाहिरिने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रवि रिमालले यात्रुको सङ्ख्या दिनदिनै बढिरहेको जानकारी  दिँदै भने, “यात्रुको चाप बढेको छ । बस थपिएको छ । दैनिक एउटा बस गइरहेको जिल्लामा तीनवटासम्म गएका छन् ।”

गोरखापत्र दैनिकमा खबर छ ।