जोडिनुहोस
  • होमपेज
  • तमु ल्होसार; दमौलीमा सांस्कृतिक झाँकी

तमु ल्होसार; दमौलीमा सांस्कृतिक झाँकी

आज गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् । यस अवसरमा आइतबार तनहुँको दमौलीमा सांस्कृतिक झाँकी निकालिएको छ । उनीहरु जातीय पोसाकमा सजिएर सहभागी भएको देख्न सकिन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । हिन्दूको भारतीय पात्रो बिकम् सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ ।गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको मानिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका